आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारलाई समर्थन दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

मङ्गलबार, १२ वैशाख २०८०, १२ : ११
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने भएको छ। 

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो पार्टीका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् । 

सरकारको कार्यशैली चित्त बुझ्दो नरहेको बताएका उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन्  ।  सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उनको भनाइ छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप