आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले भने–यो जित भोट नहाल्नेको पनि हो

मङ्गलबार, १२ वैशाख २०८०, १५ : १८
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई भोट हाल्नेको मात्रै जित नभएर भोट हाल्न नपाउनेहरूको समेत जित भएको टिप्पणी गरेका छन् । 

चितवन २ बाट निर्वाचित भएपछि विजय ¥यालीलाई सम्बोधन गर्दै लामिछानेले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिए ।

आफूले इच्छाकामनामा  भएका चेपाङ बस्तीका बालबालिका सहित त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली पु¥याउने लामिछानेले बताए ।  

‘सबै राजनीतिक दलका उम्मेदवारलाई धन्यवाद दिन चाहन्छु । निर्वाचन प्रचारका बेला थोरै धक्कामुक्की हुन्छ त्यसलाई अस्वभावीक रुपमा लिएका छौ’ लामिछानेले भने, ‘हामीले कुनै उम्मेदवारका विरुद्ध गलत कुरा बोलेका छैनौं । सबै उम्मेदवारलाई सम्मान दिएका छौं । जतिपनि उम्मेदवार हुनुहुन्छ । सबैप्रति सम्मान र आदरभाव व्यक्त गर्न चाहन्छु ।’

चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाउनुका साथै अपमान गरेपनि त्यसमा ध्यान नदिएको लामिछानेले बताए । 

‘चुनाव प्रचारमा केही मान्छेहरुले विभिन्न लाञ्छना र आरोपहरू लगाएका छन् । अपमान गरेका छन् । कतिपय अभिव्यक्तिहरु सुन्न नसक्ने खालका छन्’ उनले भने, ‘यात्रामा बाधा अवरोधहरु आइरहेका छन् । मेरो आशु आँखाको डिलबाट खस्न दिइन । तपाईँहरूले खसाल्नुभयो ।’ अबको एक सय दिनभित्र जुगेडीमा पानी ल्याउने लामिछानेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप