सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
ढकमक्क फुल्न थाले ज्याकाराण्डा, फेरियो राजधानीको मुहार (फोटोफिचर)
फोटो

ढकमक्क फुल्न थाले ज्याकाराण्डा, फेरियो राजधानीको मुहार (फोटोफिचर)

मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । बढ्दो प्रदूषणका कारण वर्षापछि पनि राजधानीको वातावरण सफा देखिँदैन  । देशभर डढेलो फैलनु र मानव सिर्जित अन्य प्रदूषणका कारण काठमाडौँ धुम्म देखिने गरेको छ । सोमबार वर्षा नहुँदासम्म त यो अवस्था थप भयावह थियो । तर, वर्षासँगै तुवाँलो केहीमात्रामा हटेको त छ नै अझै भिजिबिलिटीमा समस्या कायमै छ । 

यहीबीचमा राजधानीमा विभिन्न स्थानमा फूलेका ज्याकाराण्डाका फूलहरुले केही भएपनि राहत दिएको छ । राजधानीको घण्टाघर, रत्नपार्क, सिंहदरबार, माइतीघरलगायतका स्थानमा ढकमक्क फुलेका ज्याकराण्डाले जोकोहीलाई मोहित बनाउँछ ।

 बैजनी फूलहरुले शहरको सोभालाई बढाएको देखिन्छ । फूललाई पृष्ठभूमि बनाएर फोटो खिचाउनेदेखि टीकटक बनाउनेहरु पनि प्रशस्त भेटिन्छन् । 

वसन्त ऋतृको आगमनसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फुलहरु फुल्ने मौसम पनि यही हो ।  सानो बोटमा मात्रै सीमित नभइ ठूलो रुखमा पनि फुल्ने हुँदा ज्याकाराण्डालाई सबै ठाउँबाट सजिलै देख्न र हेर्न सकिन्छ । 

बढ्दो गर्मीको यो मौसममा उपत्यकाको बाटोमा ढकमक्कै फुलेका यी फूलहको तस्बिरलाई रातोपाटीकर्मी कृष्ण खड्काले आफ्नो क्यामेरामा कैद गरेका छन्–  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया