आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अरिजित सिंह : रियालिटी शोकी प्रतिस्पर्धीसँग विवाह, पीडादायी सम्बन्धबाट निस्किएपछि...

मङ्गलबार, १२ वैशाख २०८०, १६ : १९
मङ्गलबार, १२ वैशाख २०८०

अरिजित सिंहलाई अहिले कुनै परिचय चाहिँदैन । उनी यति बेला बलिउडका सबैभन्दा महँगा गायकमध्ये एक हुन् । अरिजितले सन् २०१२ देखि फिल्म इन्डस्ट्रीमा एक किसिमको ‘राज’ गर्दै आएका छन् । आशिकी टु फिल्मको गीत ‘तुम हि हो’ बाट अरिजित सिंह रातारात चर्चित भएका थिए । अहिले उनको खातामा थुप्रै सुपर हिट गीत छन् । 

तपाईंलाई थाहा छैन भने अरिजित सिंहले आफ्नो करियर फेम गुरुकुल नामको रियालिटी शोबाट प्रतिस्पर्धीको रूपमा सुरु गरेका थिए । उनले यो कार्यक्रम जित्न त सकेनन् तर उक्त कार्यक्रमकी प्रतिस्पर्धी रूपरेखा बनर्जीसँग उनको प्रेम बस्यो । उनीसँग अरिजितले पछि विवाह गरे ।

ruprekhaयद्यपि, विवाहको केही समयपछि नै यी दुईको सम्बन्धमा दरार आयो र एक वर्षभित्र यी दुईको सम्बन्ध विच्छेद भयो । अरिजितले आफ्नो पहिलो विवाहबारे कहिल्यै कुरा गरेनन् तर उनको यो विवाह दुबैका लागि पीडादायी भएको भारतीय सञ्चार माध्यमले बताएका छन् । 

त्यसपछि अरिजितले आफ्नी बाल सखा कोयल रोयसँग दोस्रो विवाह गरे । अरिजित र कोयल, दुवैको यो दोस्रो विवाह थियो । २० जनवरी सन् २०१४ मा यी दुईको बङ्गाली रीति–रिवाजमा पश्चिम बङ्गालको तारापीठ मन्दिरमा विवाह गरेका थिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Arijit Singh (@arijitsingh)

अरिजित सिंह र कोयल रोयका तीन सन्तान छन् । कोयलको पहिलो विवाहबाट उनकी एक छोरी छिन् । यस्तै, अरिजित सँग उनका दुई छोरा छन् । आज कोयल र अरिजित एक अर्कासँग सुखद तरिकाले जीवनयापन गरिरहेका छन् । अरिजित बलिउडका महँगा गायकमध्ये एक हुन् । मिडिया रिपोर्टका अनुसार एउटा गीतका लागि उनी ८ देखि १० लाख भारु पारिश्रमिक लिन्छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप