राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने
मङ्गलबार, १२ वैशाख २०८०, १९ : १५
काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कमिटीको बैठक जेठ ९ र १० गते बस्ने भएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अध्यक्षसहित केन्द्रीय कार्य समितिको संयुक्त बैठक आगामी जेठ ९ र १० गते काठमाडौँमा बोलाउने निर्णय गरेको हो ।
बैठकले उपचुनावको समीक्षा गर्दै सकारात्मक रूपमा लिएको छ ।
यस्तै बैठकले जनवर्गिय संगठन, विभाग र समितिहरूलाई ३ महिने विशेष कार्ययोजना बनाई तत्काल कार्यान्वयन गर्न निर्देश दिएको छ ।