आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको बैठक सम्पन्न

मङ्गलबार, १२ वैशाख २०८०, १९ : ४३
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । नेपाल–भारत पेट्रोलिमय तथा ग्याससम्बन्धी संयुक्त कार्य समूहको चौथो बैठक सम्पन्न भएको छ । 

मंगलबार काठमाडौँमा भएको बैठकमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव राधिका अर्याल तथा भारतका तर्फबाट पेट्रोलियम तथा ग्यास मन्त्रालयका सहसचिव इसा श्रीवास्तवले नेतृत्व गरेका थिए । 

बैठकमा पेट्रोलियम पदार्थको क्षेत्रमा पूर्वाधार विकास, प्राकृतिक ग्यासको क्षेत्रमा थप अध्ययन गर्नेलगायत विषयमा छलफल भएको मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिए । 

यसैबीच, आपूर्तिमन्त्री रमेश रिजालसँग भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । भेटवार्तामा संयुक्त कार्यसमूहको बैठकमा छलफल भएका विषयका सम्बन्धमा कुराकानी भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप