आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए

बुधबार, १३ वैशाख २०८०, ०५ : ५०
बुधबार, १३ वैशाख २०८०

चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस मात्र चोकचोकमा भइरहन्थ्यो । 

मंसिर ४ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत पाएका थिए । उनले उपनिर्वाचनमा ४ हजार ८ सय ७६ मत बढाएका छन् । यस पटक ५४ हजार १ सय ७६ मत ल्याएर उनी विजयी भए । कांग्रेस-एमालेको मत पहिलाभन्दा घटेको छ । दुवै दलले झन्डै ३ हजार ८ सय मत गुमाएका छन् । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलेभन्दा अहिले जितनारायण श्रेष्ठले ३ हजार ७ सय ७४ कम मत पाए । कांग्रेसको मात्र होइन, एमालेको मत पनि उस्तै घटेको छ । अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखेलले १४ हजार ७ सय ५२ मत प्राप्त गरेका थिए । तर अहिले एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पोख्रेलले भन्दा ३ हजार ७ सय ८६ मत कम पाए । आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप