आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेप्से सूचक फेरि १३ अंकले घट्यो, ८४ करोड ७० लाखको कारोबार

बुधबार, १३ वैशाख २०८०, १५ : ११
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । अघिल्लो दिन १७ अंकमाथिले बढेर १९ सय अंकमा उक्लिएको नेप्से सूचकमा आज पुनः १३ अंकले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १३.६८ अंकले घट्दै १८ सय ९२ अंकको विन्दुमा झरेको हो । 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत २.११ अंकले घटेर ३६१.५५ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । उसो त १३ अंकले नेप्से घट्दै गर्दा यता कारोबार समेत ८४ करोड ७० लाख २८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो दिन १७ अंकले बढेको बजारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज १३ वटा नै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । इन्भेष्टमेन्ट समूहको उपसूचक १.३३ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.३२ अंकले र डेभलपमेन्ट बैंक समूहको उपसूचक १.०२ प्रतिशतले घटेका छन् भने अन्य उपसूचकहरु १ प्रतिशत कमले घटेका छन् । 

आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ३.२५ प्रतिशतले कमाएका छन् भने सुनराइज ब्लूचिफ फण्डका सेयरधनीले अधिकतम ९.१२ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप