आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ह्वाट्सएपको नयाँ फिचर, एकै पटक धेरै फोनमा खाता खोल्न सकिने

बुधबार, १३ वैशाख २०८०, १५ : १७
बुधबार, १३ वैशाख २०८०

मेसेजिङ प्लेटफर्म ह्वाट्सएपले एउटा नयाँ फिचर जारी गरेको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले अब धेरै फोनमा एउटै खाता चलाउन सक्नेछन् । यो फिचर सार्वजनिक भएपछि, चार वटा फोनहरू एउटै खातामा लिङ्क गर्न सकिनेछ । हरेक डिभाइसमा मेसेज, तस्बिर र कुनै पनि खालको मिडिया एन्ड–टु–एन्ड एन्क्रिप्टेड हुनेछ । 

तर यदि प्राइमरी डिभाइसमा ह्वाट्सएप अकाउन्ट लामो समयसम्म एक्टिभ भएन भने यस्तो स्थितिमा अन्य डिभाइसबाट पनि यो स्वतः लग आउट हुनेछ । जसरी पहिला प्रयोगकर्ताले एउटा खाता लग आउट गरेर अर्को डिभाइसमा अकाउन्ट खोल्नुपर्दथ्यो अब त्यस्तो गर्नु पर्दैन । 

अब प्रयोगकर्ताको खाता एउटा फोनमा चलिरहेको छ भने पनि लग आउट नगरी ह्वाट्सएप खाता अर्को फोनमा चल्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप