आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालको पाँचौँ विकेट गुम्यो, कुशल मल्ल आउट

बिहीबार, १४ वैशाख २०८०, १० : २८
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको अन्तिम खेलमा नेपालले कतारविरुद्ध पाँचौँ विकेट गुमाएको छ । 

खेलको १७।२  ओभरमा कुशल मल्ल आउट भएका हुन् । त्यसअघि कप्तान रोहित पौडेल १६ औँ ओभरमा २७ रन बनाएर आउट भएका थिए । 

यसअघि १३ औँ ओभरमा ओपनर आसिफ शेख १९ रन बनाएर आउट भएका थियो । इकरामुल्लाह खानको बलिङमा उनी पनि क्याच आउट भएका हुन् ।

कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरमा कुशल भुर्तेल २ रन बनाएर आउट भए भने चौथो ओभरमा भीम सार्की ६ रन बनाएर आउट भए । दुवै विकेट गायान मुनाविराले लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप