आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुकुरले टोक्यो ? यी अस्पतालमा लगाइन्छ रेबिजविरुद्धको खोप

बिहीबार, १४ वैशाख २०८०, १३ : २९
बिहीबार, १४ वैशाख २०८०

काठमाडौं–कुकुर टोक्यो भने रेबिजविरुद्धको खोप लगाउनुपर्छ । तर, यस्तो खोप कहाँ गएर लगाउने भनेर कतिपय मानिस अलमलमा परेको पाइन्छ । 

रेबिजविरुद्धको खोप सहज रुपमा नजिकैको स्थानीय स्वास्थ्य संस्थामा पाइँदैन । यद्यपि सरकारले सातै प्रदेशमा रेबिजविरुद्धको खोप पाइने जनाएको छ ।

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका सहित विभिन्न अस्पतालमा रेबिजविरुद्धको इम्युनोग्लोबुलिन खोप निःशुल्क लगाइन्छ । 

–शुक्रराज ट्रपिकल तथा सरुवा रोग
– कोशी अस्पताल
–जनकपुर प्रादेशिक अस्पताल
–नारायणी अस्पताल
– मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
–भरतपुर अस्पताल
– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
–लुम्बिनी अस्पताल
–सुर्खेत अस्पताल
–सेती प्रादेशिक अस्पताल    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप