आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरीद्वारा दाबी पेस

बिहीबार, १४ वैशाख २०८०, १३ : ५४
बिहीबार, १४ वैशाख २०८०

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा  डिल्ली चौधरीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका हुन् । 

उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ । उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ । 

एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन् ।  प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २  सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप