आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

ललितले दिलाए नेपाललाई सातौँ सफलता

बिहीबार, १४ वैशाख २०८०, १४ : ४७
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले सातौँ विकेट गुमाएको छ । ललित राजवंशीले नेपाललाई सातौँ सफलता दिलाएका हुन् । ललितले १४ रन बनाएका अमिर फारुकलाई आफ्नो शिकार बनाए । खेलमा उनको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर कमरान खानलाई आउट गरेका थिए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा सन्दीप लामिछानेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेका छन् । कतारले २०।५ ओभरमा ७ विकेटको क्षतिमा ७७ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप