आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

सन्दीपलाई तेस्रो विकेट, कतारको आठौँ विकेट गुम्यो

बिहीबार, १४ वैशाख २०८०, १४ : ५२
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले आठौँ विकेट गुमाएको छ । 

सन्दीप लामिछानेले १५ रन बनाएका खुर्राम शहजादलाई एल्बीडब्लु आउट गरेका हुन् । खेलमा उनको यो तेस्रो विकेट हो । 

नेपालका लागि सोमपाल कामीले तीन विकेट तथा ललित राजवंशीले दुई विकेट लिएका छन् । कतारले २१.२ ओभरमा ८ विकेटको क्षतिमा ७९ रन बनाएको छ । 

नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप