आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्स उडेका विद्यार्थीहरूलाई मन्त्री किरातीले भने–पर्यटन विश्वविद्यालय खोलिँदै छ, राम्रो अध्ययन गरेर आउनुस्

बिहीबार, १४ वैशाख २०८०, १५ : २३
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । इन्टर्नसिपका लागि फ्रान्स गएका विद्यार्थीहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले बिहीबार बिदाइ गरेका छन् । होटेल व्यवस्थापन विषयका २४ विद्यार्थीलाई मन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका हुन् । 

सो क्रममा मन्त्री किरातीले राम्रो अध्ययन गरेर स्वदेश फर्किन आग्रह गरे । उनले भने, ‘अब पर्यटन विश्वविद्यालय चाँडै खोलिँदै छ, तपाईँहरूको आवश्यकता त्यहाँ पर्छ राम्रो अध्ययन गरेर आउनुहोला ।’

विद्यार्थीहरूले विदेशमा सिप सिक्नुका साथै आफ्नो देशको राम्रो सभ्यता समेत छाडेर आउने मन्त्री किरातीको विश्वास थियो ।  होटेल व्यवस्थापन तथा पर्यटन विषय अध्यापन गराउँदै आएको नाथमका विद्यार्थीहरूले  फ्रान्सको १ सय ३० वर्ष पुरानो सेभोलेमा रहेका पर्यटन  विश्वविद्यालयमा एक वर्ष इन्टर्नसिप गर्नेछन् । 

त्यस्तै फ्रान्सका विद्यार्थीहरूले नाथममा इन्टर्नसिप गर्नेछन् । फ्रान्सका विद्यार्थीहरू शुक्रवार नेपाल आउने नाथमका कार्यकारी निर्देशक राजेश उप्रेतीले बताए । होटेल तथा पर्यटन सम्बन्धी अध्यापन र तालिम दिँदै आएको नाथमलाई नै पर्यटन विश्व विद्यालय बनाउन सरकार लागिपरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप