आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डेद्वारा दाबी पेस, ३५ सांसदको हस्ताक्षर

बिहीबार, १४ वैशाख २०८०, १५ : ४२
बिहीबार, १४ वैशाख २०८०

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्रीका लागि ३५ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन् । दिउँसो साढे ३ बजे बजे कांग्रेसका पाण्डेले तीन दलका ३५ जना सांसदसहित आफूलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष दाबी पेस गरेका हुन् । उनले प्रदेश प्रमुख गुरुङ र प्रदेश प्रमुख कार्यालयका सचिव अणप्रसाद न्यौपानेलाई बहुमतको हस्ताक्षर बुझाएका हुन् । 

पाण्डेलाई नेपाली कांग्रेस २७, माओवादी ७ र स्वतन्त्र (एकीकृत समाजवादीमा प्रवेश) १ जना संसदको समर्थन छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ अर्थात् बहुमतको आधारमा नयाँ सरकार गठनको लागि वैशाख १४ गते आज दिउँसो ४ बजेभित्र दाबी पेस गर्न समय तोकिदिएका थिए ।  पाण्डेसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि दाबी पेस गर्न पुगेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशमा सरकार गठन गर्न ३१ सांसदको आवश्यक पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप