आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हिजो स्थगित भएको राष्ट्रियसभा बैठक आज बस्दै

शुक्रबार, १५ वैशाख २०८०, ०६ : १३
शुक्रबार, १५ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो । 

यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो । 

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप