आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानले न्यूजिल्याण्डलाई पाँच विकेटले हरायो

शुक्रबार, १५ वैशाख २०८०, १० : ०८
शुक्रबार, १५ वैशाख २०८०

रावलपिण्डी । पाकिस्तानले पाँच खेलको एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।

सहज पिचमा पहिले खेलेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८८ रन बनाएको थियो  । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सहजै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । 

पाकिस्तानका लागि फखर जमानले १३ चौका र एक छक्का प्रहार गर्दै नवौं शतक पूरा गरे। उनलाई इमाम उल हक र  बाबर आजमले साथ दिए । उनीहरुले क्रमशस् ६० र ४९ रन बनाए । 

जमानले आफ्नो इनिङ्सका लागि म्यान अफ द म्याचको अवार्ड पाए भने बाबर आजमले पनि यही इनिङ्सका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप