आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले अध्यक्ष ओलीलाई  पहिचानवादीले देखाए कालो झण्डा

शुक्रबार, १५ वैशाख २०८०, १५ : ०४
शुक्रबार, १५ वैशाख २०८०

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पहिचानवादीहरुले समूहले कालो झण्डा देखाएका छन् । तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न जाने क्रममा पहिचानवादीहरुले ओलीलाई कालोझण्डा देखाएका हुन् । आठराई–५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचान वादीहरुको समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएको थियो ।

kalo-jhanda

नेकपा एमालेका कार्यकर्ताहरु नाराबाजी गर्दै पहिचान वादीको प्रतिकार गरेका थिए । कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो । ओली लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर जन्मथलो आठराई तेह्रथुम पुगेका थिए ।  शिक्षालयको भवन उद्घाटनमा अध्यक्ष ओली दम्पतीसहित नेकपा एमाले संसदिय दलका उपनेता सुवासचन्द्र नेम्बाङ आठराई पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप