पूर्वराजा ज्ञानेन्द्र शाह नेपालगन्जमा, राप्रपाका महामन्त्रीद्वारा स्वागत
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार नेपालगन्ज पुगेका छन् । पूर्वराजालाई नेपालगन्ज विमानस्थलमा राप्रपाका महामन्त्री धवलशमशेर राणाले स्वागत गरेका छन् ।
विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा पूर्वराजा नेपालगन्ज आइपुगेको राणाले बताए ।
राणाका अनुसार पूर्वराजालाई वैशाख २० गते नेपालगञ्जमा अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
‘विभिन्न ठाउँको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने क्रममा आज नेपालगन्जमा राजालाई स्वागत गरियो। वैशाख २० गते नेपालगन्जको अभिनन्दन कार्यक्रम भव्य रुपमा सफल पारौँ’, राणाले ट्वीटरमा भनेका छन् ।
पूर्वराजा लुम्बिनीसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्किएका हुन् । सोही क्रममा शुक्रबार नेपालगन्ज पुगेको उनको संवाद सचिवालयले जनाएको छ ।
पूर्वराजाको साथमा पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीलगायतका परिवारका सदस्य रहेको बताइएको छ ।