आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी प्रिमियर कप : फाइनल प्रवेशका लागि नेपाल र कुवेतबीचको खेल सुरु

शनिबार, १६ वैशाख २०८०, ०९ : ०७
शनिबार, १६ वैशाख २०८०

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपाल र कुवेतबीचको खेल सुरु भएको छ । 

खेलमा कुवेतले टस जितेर नेपाललाई पहिले ब्याटिङ निम्तो दिएको छ । टियु मैदानमा भएको खेलमा नेपालले व्याठिङ गरिरहेको छ ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने सोचका साथ मैदान प्रवेश गर्नेछ । कुवेत पनि सोहि लक्ष्यमा हुनेछ । 

कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । 

कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।

नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप