आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

करनलाई फाइफर, कीर्तिपुरमा पुनः वर्षा

शनिबार, १६ वैशाख २०८०, १५ : २८
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा करन केसीले कुवेतविरुद्ध पाँच विकेट लिन सफल भएका छन् । उनले १४ रन बनाएका कप्तान मोहमद अस्लमलाई आफ्नो पाँचौँ शिकार बनाएका हुन् ।

यसअघि केसीले सिराज खान, राभिजा सान्दारुवान, मित भावसार र अदनान इद्रिसलाई आउट गरेका थिए । खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए ।

करनले विकेट लिएसँगै कीर्तिपुरमा पुनः वर्षा सुरु भएको छ । वर्षाका कारण खेल रोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप