आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

वैद्य र बास्तोलाको एकताको टुंगो लाग्यो, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बन्ने

शनिबार, १६ वैशाख २०८०, १६ : २८
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीबीच एकताबारे अन्तिम टुंगो लागेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रहने नयाँ पार्टीको संयोजक वैद्य रहनेछन् । त्यस्तै प्रवक्ता बास्तोला बन्ने भएका छन् ।

बास्तोलाका अनुसार एकीकृत पार्टीमा हाललाई १५ सदस्यीय कार्यलय सदस्य रहनेछन् भने कूल २६७ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक समिती बनाइएको छ । यसमा दुवै पार्टीका केन्द्रीय सदस्यहरु समेटिएका छन् । एक वर्षभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको बास्तोलाले जानकारी दिए ।

एकताका लागि अन्तरिम विधान पास गरिएको छ भने पार्टीको दस्तावेज पनि पारित भएको छ। पार्टी एकताको घोषणा वैशाख १८ गते मजदुर दिवसका दिन गरिने बास्तोलाको भनाई छ ।

२०६९ सालमा प्रचण्ड नेतृत्वको नेकपा एकीकृत माओवादी पार्टीबाट अलग भई नेकपा– माओवादी गठन भएको थियो । वैद्य प्रचण्डबाट अलग भएको तीन वर्षमै विप्लवले आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए । विप्लव नेतृत्वको पार्टीबाट बास्तोला नेतृत्वको टिम विभाजन भई आफ्नो नेतृत्वमा नेकपा बहुमत गठन गरेका हुन् । प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएको ११ वर्षपछि वैद्य र बास्तोला एउटै पार्टीमा हुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप