आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

पानीमा रुझ्दै खुसीयाली साट्दै, तस्बिरहरू हेर्नुहोस्

शनिबार, १६ वैशाख २०८०, १६ : ५६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले पानीमा रुझ्दै भए पनि मैदानमा उपस्थित दर्शकहरूसँग खुसीयाली साटेका छन् । वर्षाले खेल रद्द भएसँगै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । नेपालले अब फाइनलमा यूएईको सामना गर्नेछ । 

शनिबार कीर्तिपुरमा वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको हो ।

player celebration (1)player celebration (2)player celebration (3)player celebration (4)player celebration (5)player celebration (6)player celebration (7)player celebration (8)player celebration (9)player celebration (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप