आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

नेपालले फाइनलमा यूएईको सामना गर्ने

शनिबार, १६ वैशाख २०८०, १७ : ०६
शनिबार, १६ वैशाख २०८०

काठमाडौँ । एसिया कप खेल्ने सपना साकार पार्न नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईको सामना गर्ने भएको छ । वर्षाले प्रभावित खेलमा नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइस सिस्टमको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको थियो ।

उता यूएईले भने डीएलएसका आधारमा ओमानलाई २ रनको झिनो अन्तरले हरायो । पहिले ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । जवाफमा ४३ औ ओभरमा ओमानले ६ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो । फाइनल खेल सोमबार कीर्तिपुर मैदानमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप