आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रहरी भन्छ–निराको हत्या लुटपाटकै उद्देश्य

आइतबार, १७ वैशाख २०८०, १५ : ५४
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । प्रहरीले सरस्वतीनगरस्थित भाँडा पसलकी सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले गरेको जनाएको छ । निरा हत्या प्रकरणका अभियुक्त झापाका विनोद विश्वकर्मालाई आइतबार सार्वजनिक गर्दै प्रहरीले निराको हत्या लुटपाटकै उद्देश्यअनुसार भएको बताएको हो । 

‘निराले लगाएको ९९ लालको सुनको सिक्री र १२ सय नगद लगेको भेटियो’, सीआइबीका एसएसपी दिनेश आचार्यले भने, ‘घटनापछि अभियुक्त टेम्पो चढेर मनहरा फाँट पुगेको देखिन्छ । त्यस्तै भोलि पल्ट ५५ हजारमा सुनको सिक्री धरौटी राखेर रुपैयाँ लगेको पनि खुलेको छ ।’ 

विश्वकर्माले तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा उक्त सिक्री धरौटीमा राखेको प्रहरीले जनाएको छ । त्यसपछि अभियुक्त झापा पुगेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप