स्वास्थ्य मन्त्रालयले गर्यो ७० जना पारमेडिक्सको स्तरवृद्धि
आइतबार, १७ वैशाख २०८०, १९ : ०८
काठमाडौँ । सरकारले ७० जना पारमेडिक्स कर्मचारीको स्तरवृद्धि गरेको छ ।
यसअघि कागजात नमिलेर स्तरवृद्धि हुनबाट रोकिएका उनीहरूको सरकारले आइतबार स्तरवृद्धि गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले गत्त वर्षको असारसम्ममा निवेदन दर्ता भई रोकिएका पारामेडिक्स तर्फका कर्मचारीको स्तरवृद्धि गरेको हो ।
कैफियत रहेकाबाट पारामेडिक्सन तर्फका कर्मचारीको तोके अनुसार कागजात प्राप्त पश्चात् स्तरवृद्धि गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।