खराब मौसमका कारण पूर्वराजा ज्ञानेन्द्रको जुम्ला भ्रमण रद्द
आइतबार, १७ वैशाख २०८०, १९ : १९
काठमाडौँ । खराब मौसमका कारण पूर्वराजा ज्ञानेन्द्र शाहको जुम्ला भ्रमण रद्द भएको छ ।
आइतबार जुम्लामा हुने नागरिक अभिनन्दन समारोहमा पूर्वराजा शाह जाने कार्यक्रम रहेपनि खराब मौसमका कारण भ्रमण रद्द भएको हो ।
संवाद सचिवालयका अनुसार नेपालगञ्ज र जुम्लाको मौसम प्रतिकूलताका कारण विमान उड्न नसकेपछि पूर्वराजा शाहको अभिनन्दन कार्यक्रम स्थगित भएको छ ।