आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अध्यक्ष तिमिल्सिना आज राती कम्बोडिया जाने

आइतबार, १७ वैशाख २०८०, २१ : ०४
आइतबार, १७ वैशाख २०८०

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि आइतबार (आज) राती कम्बोडिया जाने भएका छन् ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि अध्यक्ष तिमिल्सिना कम्बोडिया जान लागेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा भाग लिने कार्यक्रम छ ।  

उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिस्ट फाउन्डेसनको पेट्रोन अफ द वर्ल्ड  बुद्धिस्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदावधि प्रदान गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप