आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेजका प्रशासनिक संरचना प्रयोगविहीन

सोमबार, १८ वैशाख २०८०, ०६ : ०२
सोमबार, १८ वैशाख २०८०

विशेष आर्थिक क्षेत्र (सेज)हरूमा सरकारले औद्योगिक पूर्वाधार तयारीमा भन्दा पनि ठूलाठूला प्रशासनिक भवन, कर्मचारी आवास र सभाहलजस्ता संरचना निर्माणमा लगानी गरेको देखिएको छ ।

तयार भएका भैरहवा र सिमरा सेजमा पर्याप्त मात्रामा उद्योग सञ्चालन नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । महालेखापरीक्षकको ६०औं प्रतिवेदनले औद्योगिक पूर्वाधार तयार नगरी त्यस्ता संरचना निर्माण गरेका कारण निर्मित संरचना प्रयोगविहीन रहेको औंल्याएको हो ।

उक्त प्रतिवेदनले सेजका प्रशासनिक भवन, कर्मचारी आवास (क्वाटर) तथा सभाहलहरू प्रयोगविहीन रहेको देखाएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप