आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सेगवे इलेक्ट्रिक स्कुटरमा पूर्व–पश्चिम यात्रा, जम्मा खर्च ६५० रुपैयाँ !

सोमबार, १८ वैशाख २०८०, १३ : ३५
सोमबार, १८ वैशाख २०८०

 

काठमाडौँ । सेगवे इलेक्ट्रिक स्कुटर ई१०० मार्फत धीरेनमान श्रेष्ठले पूर्वको काँकडभिट्टादेखि पश्चिमको महेन्द्र नगरसम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । दुई वटा  ब्याट्री र दुई वटा फास्ट चार्जर जडित सेगवे इलेक्ट्रिक स्कुटरले आरामदायी र सुविधाका साथ यात्रालाई सफल बनाएको कम्पनीले जनाएको छ । 

 योे यात्राले वातावरणमैत्री यातायात साधनको प्रतिनिधित्व गर्दै लामो दूरीको यात्राका लागि विद्युतीय सवारी साधनको उपयोगिता र उत्कृष्टता प्रमाणित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

६ रात ७ दिनको यात्राका लागि दुई वटा ब्याट्री र दुई वटा फास्ट चार्जर सहित पूर्वी सीमावर्ती सहर काँकडभिट्टाबाट धिरेनले यात्रा सुरु गरेका थिए । उनले सम्पूर्ण यात्राको दौरानमा चार्जिङ खर्च रु ६५० मात्रै खर्चिएका थिए । यस किफायती र कम लागतको विद्युतीय स्कुटरको यात्राले आगामी दिनहरूमा  वातावरण मैत्री यातायात साधनका विकल्पहरूको प्रवर्द्धन गरेको कम्पनीले जनाएको छ । यस्तै इन्धनको माग घटाउन प्रोत्साहन दिएको पनि कम्पनीको भनाए छ ।

‘सेगवे ई१०० इलेक्ट्रिक स्कुटर मार्फत पूर्वदेखि पश्चिमसम्मको यात्रा दिगो गतिशीलतामा महत्त्वपूर्ण कोसेढुङ्गा हो र यसले विद्युतीय सवारी साधनहरूको क्षमतालाई प्रदर्शन गर्दछ । धीरेनमान श्रेष्ठको यो उत्कृष्ट उपलब्धिले वातावरणमैत्री यात्रा विकल्पहरू विस्तार गर्दै यातायातको स्वच्छ, हरियाली मोडहरू तर्फ परिवर्तन गर्न प्रोत्साहित गर्नेछ’, कम्पनीले भनेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप