आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘सकम्बरी’ले दुई सातामै युट्युबमा पायो २ करोड ‘भ्यूज’

सोमबार, १८ वैशाख २०८०, १४ : ५६
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले दुई सातामै युट्युबमा २ करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट आएको गीत पहिलो दिने देखिनै युट्युवको ट्रेन्डिङको पहिलो स्थानमा छ । गीतले ५ लाखबढी लाइक पाएको छ ।

कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।

गीतको सिर्जना र कला पक्षमाथि तर्क/प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो २ करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ । 

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गरेका हुन् । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन्  । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप