आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुसबाट तेल किनेर युरोपलाई बेच्दै भारत

सोमबार, १८ वैशाख २०८०, १६ : २१
सोमबार, १८ वैशाख २०८०

भारतले रुसबाट सस्तोमा किनेको पेट्रोलियम पदार्थ युरोपतर्फ निर्यात बढाउन थालेको छ । रुसले छिमेकी युक्रेनमाथि हमला सुरु गरेपछि युरोपियन मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदै तेल किन्न छाडेका थिए । यही मौका छोप्दै भारतले रुसबाट सस्तोमा तेल किनेर युरोपमा बेचिरहेको हो ।

रुसमाथि युरोपियन मुलुकले प्रतिबन्ध लगाएपछि पेट्रोलियम निर्यात प्रभावित बनेको थियो । जस कारण, तेल निर्यात तथ्याङ्क ह्वात्तै घटेपछि रुसले सस्तो मूल्यमा भारत र चीनको बजारलाई केन्द्रित बनायो । फलस्वरुपः भारतले यतिबेला सस्तो मूल्यमा कच्चा पेट्रोलियम पदार्थ किनेर प्रशोधन गर्दै युरोप पठाइरहेको हो ।

अमेरिकी समाचार संस्था ब्लूमवर्गले भारतका निजी कम्पनीले रुसबाट कच्चा तेल किनेर प्रशोधन गर्दै युरोप बेचिरहेको उल्लेख गरेको हो । तथ्यांकअनुसार यो वर्षको जनवरीसम्म निरन्तर पाँच महिनादेखि भारतबाट युरोपतर्फ तेल निर्यात बढिरहेको थियो । भारतबाट युरोपमा निर्यात हुने पेट्रोलियमको परिणाम १९ लाख टनसम्म पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप