आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

सोमबार, १८ वैशाख २०८०, २३ : ०१
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । रास्वपा संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

सो पार्टीको आजै बसेको केन्द्रीय समिति बैठकले उनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको थियो । बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।  

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट प्रनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै बैठकले सचेतकमा निशा डाँगीलाई चयन गरेको प्रमुख सचेतक परियारले जानकारी दिए । 

raswapa

त्यसअघि दलको नेता रहेका डीपी अर्यालले लामिछाने निर्वाचित भएलगत्तै राजीनामा दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप