आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीयता घाँडो भयो, प्रदेश संरचना खारेज गर्नुपर्छ  : अध्यक्ष थापा

सोमबार, १८ वैशाख २०८०, १८ : १५
सोमबार, १८ वैशाख २०८०

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नेपाललाई घाँडो भएको बताएका छन् । 

१३४औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०ले सोमबार आयोजना गरेको  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकार सम्पन्न गर्नुपर्ने बताए ।  

लोकतन्त्रको आवरणमा लुटतन्त्र चलिरहेको भन्दै उनले सीमित नेताहरू आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । 

माओवादी शान्ति प्रक्रियामा आउनु राम्रो भएको भन्दै उनले शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्वीकार्य नहुने बताए । 

अध्यक्ष थापाले अयोग्य लडाकुको नाममा करोडौं बाढ्ने विषय आपत्तिजनक भएको स्पष्ट पारे । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप