आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

सोमबार, १८ वैशाख २०८०, १८ : ३२
सोमबार, १८ वैशाख २०८०

जिनान । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ सहरस्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सोमबार बिहान लक्सी केमिकल ग्रुपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको हो ।

घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । एक जना अझै बेपत्ता छन् । खोजी र उद्धार प्रयास जारी छ।

घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप