आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओली भन्छन्–चार वटा ढुङ्गा हानेर हिँड्नेलाई देशको मतलब छैन

मङ्गलबार, १९ वैशाख २०८०, १४ : २३
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको टिप्पणी गरेका छन् । 

मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रश्न गर्दै भने,‘ यहाँ यत्तिकै हाहा हुँहूँ गरेर कुद्नेहरु, चार वटा ढुङ्गा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’ तिनका समर्थनमा स्टाटस र वक्तव्य दिनेहरुलाई देश वर्वादीमा गएकोमा कुनै मतलब नभएपनि एमालेलाई चिन्ता लागेको _ओलीले बताए । 

‘खानीजन्य उद्योग, अरु औद्योगिक उद्योगहरू, निर्माण व्यवसाय ध्वस्त भएको छ । एमालेको कार्यकालमा दिनमा सिक्स लेनका बाटा ६ किलोमिटरका दरले बन्थे’, ओलीले दाबी गरे । उनले आफ्नो कार्यकालमा पुनर्निर्माणका असीमित कामहरु भएको दावी गरे ।

 विकासको काम त्यसरी भएकाले नै धेरैले रोजगारी पाउनुका साथै अर्थतन्त्र चलायमान भएपनि अहिले ठप्पप्राय रहेको जिकिर गरे । उनले राजश्व उठ्नै छाडेको र जीडीपी घटेको भन्दै यही सरकार रहिरहे देश टाट पल्टिने चेतावनी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप