आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

मङ्गलबार, १९ वैशाख २०८०, १५ : १५
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लगातार चौथो दिन गिरावट आएको छ । नेप्से परिसूचक गत साताको बुधबार (१३ गते)देखि घट्न थालेको थियो ।

त्यसयता, बिहीबार (१४ गते), आइतबार (१७ गते) र आज समेत गरी निरन्तर ४ दिन घटेको हो । आज ४.२७ अंकले घटेपछि परिसूचक १८६६ अंकमा आइपुगेको छ । यससँगै, नेप्सेमा पछिल्लो ४ दिनमा ३९.३९ अंक घटेको छ ।

नेप्से घटेको दिन आज ६९ करोड २२ लाख रुपैयाँ बराबरको २३ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर बजार घटेपनि ६८ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । यस्तै, ४४ कम्पनीको सेयर मूल्य घट्दा ७ वटाको मूल्य भने स्थिर छ । आज कारोबार भएका १३ समूहमध्ये ७ समूह भने बढेका छन्, बाँकी समूहमा गिरावट आएको छ ।

आज विकास बैंक, वित्त, होटल र टुरिजम, जीवन बीमा, उत्पादनमूलक, म्यूचुअल फण्ड र अन्य समूह बढेका हुन् । यसक्रममा हिमालयन डिस्टिलरीको सेयर २ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल टेलिकमको सेयर २ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप