सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी (तस्बिरहरू)

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राजधानीमा प्रभातफेरी (तस्बिरहरू)

बुधबार, २० वैशाख २०८०

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । नेपालमा पनि यस दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

काठमाडौँमा आज बिहानै नेपाल पत्रकार महासङ्घ र विभिन्न अन्य सङ्घ संस्थाहरूले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया