आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन महिनादेखि भोक हडतालमा रहेका प्यालेस्टाइनी नेताको इजरायली जेलमा मृत्यु

बुधबार, २० वैशाख २०८०, १० : ०६
बुधबार, २० वैशाख २०८०

काठमाडौँ  । झन्डै तीन महिनादेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको मृत्यु भएको छ ।

इजरायली जेलमा रहेको अदनानले भोक हडताल सुरु गरेको ८६ दिनमा उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । 

इजरायली जेलका राजबन्दी अदनान मंगलबार बिहान बेहोस अवस्थामा फेला परे पछि उनलाई अस्पताल पुर्‍याइएको थियो तर उनको उपचारको क्रममा मृत्यु भएको इजरायली विदेश मन्त्रालयले जानकारी दिएको छ ।

उनी अदनान ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य थिए, जुन समूहलाई इजरायलले आतङ्कवादी सङ्गठन घोषणा गरेको थियो । इजरायलमा प्यालेस्टाइनी विद्रोही सङ्गठन इस्लामिक जिहादका नेता खादिर अदनानको भोक हडतालको क्रममा मृत्यु भए पछि इजरायलको आलोचना सुरु भएको छ ।

इजरायल जेल सेवाका अनुसार ५ औँ भोक हडताल जारी राखेको बखतमा उपचार गराउन प्रयास गरिए पनि उनले अस्वीकार गर्दै आएको जनाएको छ । 

अदनानले सन् २०१२ मा ६६ दिनको भोक हडताल  गरेका थिए भने सन् २०१५ मा ५९ दिनको भोक हडताल गरे पछि उनलाई जेल मुक्त गरिएको थियो । पछिल्लो भोक हडताल उनको ५ औ भोक हडताल हो । 

अमानवीय कानुनको विरोधमा अदनानले पटक पटक भोक हडताल गर्नु परेको जनाए पनि ४४ वर्षीय अदनानमाथि आतङ्कवादी समूहमा लागेको, सर्वसाधारणलाई भड्काएको आरोपमा मुद्दा चलिरहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप