आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको भाउ प्रतितोला १ लाख १० हजार ६ सय पुग्यो

बुधबार, २० वैशाख २०८०, ११ : ०४
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । बुधवार सुनको भाउ पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो । 

यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड राखेको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ । 

यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप