आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद बैठक

एसीसी प्रिमियर कप विजेता टोलीलाई जनही ६–६ लाख दिने सरकारको निर्णय

बुधबार, २० वैशाख २०८०, १३ : १९
बुधबार, २० वैशाख २०८०

काठमाडौँ । सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीका खेलाडीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले विजेता नेपाली टोलीलाई जनही ६–६ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।  त्यस्तै अफिसियल टोलीलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

त्यसैले मन्त्रिपरिषद् बैठकले कीर्तिपुरस्थित क्रिकेट मैदानमा पूर्वाधारको विकास गर्ने निणर्य गरेको छ ।  बैठकले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि कीर्तिपुर क्रिकेट रंगशालाको विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । कीर्तिपुर मैदानमा मंगलबार सम्पन्न एसीसी प्रिमियर कपको फाइनलमा नेपालले चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटले हराउँदै उपाधि चुमेको थियो । प्रिमियर कपको विजेता बनेसँगै नेपाल एसिया कपका लागि पनि छनोट भएको थियो ।

एसिया कप क्रिकेट आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदैछ । एसिया कपमा नेपाली टोली दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तानको समूहमा परेको छ । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने एसिया कप ५० ओभरको एकदिवसीय प्रतियोगिता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप