आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपडेटः ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु, ५ जना घाइते

बुधबार, २० वैशाख २०८०, १४ : ४७
बुधबार, २० वैशाख २०८०

तनहुँ । तनहुँमा ट्रक घरमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । यस्तै अन्य ५ जना घाइते भएका छन् । 
बुधबार बिहान बन्दीपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सन बहादुर भुजेलको घरमा ठोक्किन पुगेको थियो । 

दुर्घटनामा ८ जना घाइते भएको चितवनस्थित पुरानो मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक  मोहन बहादुर खाँणले जानकारी दिए । मृत्यु हुनेमा आयुस भुजेल, चेत बहादुर घर्ती र सन बहादुर भुजेल रहेका छन् । 

उनका अनुसार अन्य ५ जना घाईतेहरुको उपचार भइरहेको छ।  घाइतेहरुमा आयुसा भुजेल , जस्मिन भुजेल , ईश्वर भुजेल , समिर भुजेल  र सन्तोष भुजेल रहेका छन् । 
यसैबीच दुर्घटनाको बिषयलाई लिएर पूर्ण रुपमा बन्द रहेको राजमार्ग अहिले दिउँसो सुचारु भएको खाँणले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप