खनालको गाडी बिना अनुमति विमानस्थलको आन्तरिक एप्रोनसम्म प्रवेश
बुधबार, २० वैशाख २०८०, १९ : ०२
काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई लिन गएको सवारी साधन बिना अनुमति त्रिभुवन विमानस्थलको आन्तरिक एप्रोनसम्म प्रवेश गरेको पाइएको छ । वैशाख १९ गते बिहान ७ बजेर १५ मिनेट जाँदा सो सवारी अनधिकृत रूपमा प्रवेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
यस सम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई स्पष्टीकरण माग गरिएको छ । हवाई सुरक्षा विभागका निर्देशक बासुदेव भट्टराईद्वारा प्रेषित पत्रमा भनिएको छ, ‘सो सम्बन्धमा नेपाल राजपत्र (मिति ५ साउन २०७१) को खण्ड ६४ साथै NCASP 6th Edition 2019 को 7.9.5 मा उल्लेख भए बमोजिमको प्रावधान पालना भए/नभएको स्पष्ट खुलाई यथाशीघ्र पेस गर्नुहुन प्राधिकरणको मिति २०८०/१/२० गतेको निर्णयअनुसार अनुरोध गर्दछु ।’