आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

नेकपा एमालेका सचिव टोपबहादुरलाई पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’

बुधबार, २० वैशाख २०८०, २३ : ००
बुधबार, २० वैशाख २०८०

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध ठगी आरोपमा पक्राउ पुर्जी जारी भएको छ । बुधवार अदालतबाट पक्राउ अनुमती आउँदा रायमाझी अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए । उनी कार्यक्रमको विशेष अतिथि हुन् ।

कार्यक्रम सकेर उनी काठमाडौंतिर लागेका छन् । प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेको छ । काठमाडौंमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली उनको प्रतिक्षामा ‘हाई अलर्ट’ छन् ।
काठमाडौं आएपछि उनलाई सम्भव भएसम्म बुधवार राति नै पक्राउ गरिने उपत्यका अपराध अनुसन्धान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । उनले भने–‘उहाँलाई राति नै पक्राउ गर्ने तयारी छ ।’

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा टोपबहादुर रायमाझीको नाम लिएका छन् । बयानमा उनले भनेका छन्– ‘हामीलाई टोपबहादुर रायामझीको सहयोग छ ।’ सो बयानका आधारमा अदालतले रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याउँदै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप