आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

एमाले सचिव रायमाझी काठमाडौँ आएनन्, भैरहवामा लुकेको आशंका

बिहीबार, २१ वैशाख २०८०, ०८ : ५९
बिहीबार, २१ वैशाख २०८०

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको खोजी सूचीमा छन् । बुधवार पुर्जी जारी हुँदा उनि अर्घाखाँचीस्थित महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन कार्यक्रममा थिए ।

त्यहाँबाट काठमाडौं हिँडेका रायमाझी काठमाडौं आएनन् । पूर्व मन्त्री रायमाझी भैरहवामा लुकेको प्रहरीको आशंका छ । भैरहवामा उनको खोजीमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा रायमाझीमाथि छ । शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा ठगेको आरोपमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा रायमाझीको संलग्नता खुलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप