आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

कर्मचारी आन्दोलन विभाजित, सत्तापक्ष पक्षको स्थगित र विपक्षीको जारी

बिहीबार, २१ वैशाख २०८०, १३ : ४४
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनमा आफ्ना सुझाव सरकारले नमानेको भन्दै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका विभिन्न कर्मचारी ट्रेड युनियनहरू विभाजित भएका छन् । 

सत्ता पक्षसँग निकट ट्रेड युनियनहरू क्रमशः नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती), एकीकृत सरकारी कर्मचारी सङ्गठन, नेपाल र नेपाल मधेसी निजामती कर्मचारी सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरेको जनाएको छ । तर, नेकपा एमाले सम्बद्ध नेपाल निजामती कर्मचारी सङ्गठनले भने छुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहेको जनाएको छ ।

सुरुमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्ता पक्ष र विपक्षी सम्बद्ध दुवै कर्मचारी ट्रेड युनियनहरूले संयुक्त विज्ञप्ति जारी गरेका थिए । 

उसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ सिंहदरबार मा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आ–आफ्नो कार्यस्थलमा प्रवेश नगर्ने कार्यक्रम तय भएकोमा नेपाल निजामती कर्मचारी सङ्गठन बाहेकका अन्य टेड युनियनहरूले संयुक्त आन्दोलनबाट हात झिक्ने निर्णय गरेर आम कर्मचारीहरूको आन्दोलनको भावना माथि गम्भीर घात भएको सङ्गठनको ठहर रहेको छ । यस्ता व्यवहारप्रति सङ्गठन गम्भीर आपत्ति प्रकट गर्दछ ।’ 

उसले यो घटनाले २०४७-०४८ सालको ऐतिहासिक कर्मचारी आन्दोलनलाई समेत सम्झन बाध्य बनाएको जनाएको छ । सत्तापक्ष सम्बद्ध कर्मचारी ट्रेड युनियनहरूले आन्दोलन स्थगित गर्दा आफूहरूलाई विश्वासघात पूर्ण व्यवहार गरेको आरोप लगाएको छ । 

सङ्गठनले सार्वजनिक गरेका कार्यक्रमहरू

बैशाख २१ – सिंहदरबारमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई प्रवेश नगर्न आह्वान अभियान सुचारु

बैशाख २४ – सङ्घीय संसद् भवन बाहिर सबै माननीय सांसदहरूलाई सङ्घीय निजामती सेवा ऐनका विषयमा सङ्गठनका सुझावहरू बुझाउने ।

बैशाख ३० – सबै प्रदेशमा प्रदेशस्तरीय भेलाको आयोजना गने ।

karma

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप