आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

बिहीबार, २१ वैशाख २०८०, १४ : १२
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ ।  परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । बेलायतका  राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्  ।
  
लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले जनाएको हो । 

सो अवसरमा उनीअन्य औपचारिक कार्यक्रम पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप