आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्रीलाई राप्रपाले विश्वासको मत नदिने

बिहीबार, २१ वैशाख २०८०, १४ : ४७
बिहीबार, २१ वैशाख २०८०

कास्की । राप्रपाका पञ्चराम गुरुङले गण्डकी प्रदेश सरकारमा म्याच फिक्सिङ नहोस् भन्नेतर्फ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सचेत गराएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्रीलाई आफ्नै चप्पलले समेत पछाडिबाट टाउकोसम्म हिलो छ्याप्ने कुरालाई हेक्का राख्न सचेत गराए ।

उनले यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले राम्रो काम गर्न खोज्दाखोज्दै पनि नपाएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेलाई चुनौतीपूर्ण अवस्थामा सफलता मिलोस् भन्ने शुभकामना दिए ।

यद्यपि अहिले राप्रपाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत नदिने प्रस्ट पार्दै उनले आगामी दिनमा सरकारको काम कारबाही हेरेर मूल्याङ्कन गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप