आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

सभामुखले ‘प्रमुख प्रतिपक्षी दलको नेता’ नभनेकोमा खगराज अधिकारीको आपत्ति

बिहीबार, २१ वैशाख २०८०, १५ : ०५
बिहीबार, २१ वैशाख २०८०

कास्की । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभामा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुखले आफूलाई सम्बोधन गर्ने क्रममा ‘माननीय सदस्य’ भनेकोमा आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिन सभामुखले बोलाउँदा प्रयोग गरेको भाषाका सम्बन्धमा उनले आपत्ति जनाएका हुन् ।

‘म विपक्षी दलको नेता पनि हो, त्यति भन्न पनि सभामुखले सक्नुभएन,’ उनले भने, ‘हामी आग्रहबाट मुक्त हुन सक्छौं कि सक्दैनौं ?’

सम्भव भए व्यवहारबाटै परिवर्तन गरौं, नभए कुण्ठा नपालौं भन्ने सुझाव पनि उनले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप